ट्रम्प कार्ड : सत्ता सम्हालेलगत्तै बाइडेनले सात मुस्लिम देशमाथि लागेको यात्रा प्रतिबन्ध हटाउने

काठमाडौं । अमेरिकामा हालै चुनिएका राष्ट्रपति जो बाइडेन २० जनवरीमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस सम्हाल्न लाग्दैछन् । उनको प्रशासनमा केहि समस्या पनि उत्पन्न हुने देखिएको छ ।

त्यसैले उनले पहिलो १० दिनमा अमेकिरी राष्ट्रपति डोनाल्ड ट्रम्प युगका विवादित फैसलालाई परिवर्तन गर्ने बताइएको छ ।

ह्वाइट हाउसका नयाँ चीफ अफ स्टाफ रोन क्लीनले बाइडेनको कार्यकालका पहिला ४ चुनौति कोरोना, आर्थिक संकट, पर्यावरण र नश्लीय असमानताबाट लड्नको लागि एक दर्जन प्रस्तावमा हस्ताक्षर गर्नु रहेको छ ।

यसमा अमेरिकालाई पेरिस सम्झौतामा लानु, ७ मुस्लिम देशमाथि लागेको यात्रा प्रतिबन्ध फुकुवा गर्नु रहेको छ । यी दुबै आदेशमा ट्रम्पले पारित गरेका थिए । जसलाई ट्रम्प कार्ड भन्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?