२०७७, ५ माघ सोमवार ११:०५

इतिहासमा आज : १८४ जनाको हत्या गर्ने वीरप्पनलाई २० वर्षसम्म पुलिसले खोजिरह्यो


प्रकाशित मिति : २०७७, ५ माघ सोमवार ११:०५

काठमाडौं । ९० को दशकमा भारतको तमिल्नाडूको जंगलमा पेट्रोलिङका लागि एक पुलिस स्क्वाड रहन्थ्यो । यसको जिम्मेवारी थियो लहीम शहीम गोपालकृष्णमाथि । उनको फिटनेस देखेर मानिस उनलाई रेम्बो भन्ने गर्दथे ।

कुरा ९ अप्रिल १९९३ को हो । तमिल्नाडूको एक गाउँ कोलाथपुरमा एक ठूलो ब्यानरमा गोपालकृष्णकोविरुद्धमा नराम्रो गाली लेखिएको थियो । यो गाली एक कुख्यात डाकूले लेखेका थिए ।

ति डाकू चन्दनको तस्करी गर्थे । उनले लेखेका थिए, यदि दम छ भने कृष्णगोपाल आएर समातोस् । यसै समयमा कृष्णगोपालले वीरप्पनलाई समात्ने जाने निर्णय गरे । जंगल जाँदा उनको जीप बिग्रियो । त्यहिँ छोडेर उनी जंगल छिरे । उनीसँग २१ जना गार्ड तैनाथ थिए । उनको बस पछाडि आएको बसमा ६ जना सवार थिए ।

डाकूको समूहले बसको आवाज सुन्यो । त्यसपछि उनीहरुले सुरुङ्गमा बारुद जोडे । त्यसपछि धमाका भयो । जसमा २१ जनाको निधन भयो । त्यसपछि भारतमा उक्त डाकूको चर्चा हुन थाल्यो ।

डाकूको पूरा नाम थियो कूज मुनिस्वामी वीरप्पन । उनको जन्म १८ जनवरी १९५२ मा भएको थियो । उनले १८४ जनाको हत्या गरेका थिए । जसमा ९७ जना पुलिस थिए ।

उनलाई समात्नका लागि ५ करोडको इनाम राखिएको थियो । २००३ मा विजय कुमार एसटीएफ चीफ बने । त्यसपछि वीरप्पन १८ अक्टोबर २००४ मा आँखाको उपचार गर्न गए । त्यसैबेला इन्काउन्टरमा उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस