विद्युत प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङ तालिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२ः३० बजेसम्म र राति साँढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुनेछ ।

त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि र ६ बजेसम्म पावरहाउस बन्द हुनेछ ।

त्यस्तै पिक लोडको समयमा वितरण प्रणालीमा पावर इनर्जी कम हुन गएमा ग्राहकहरुको लाइन काटिने समेत समेत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?