मातृभुमिका लागी नेपाली संगठनको प्रवास संगठन अष्ट्रीयामा गठन

अष्ट्रीया । मातृभुमिका लागी नेपाली संगठनको प्रवास संगठन युरोपेली मुलुक अष्ट्रीयामा गठन भएको छ । सागर सुबेदीको संयोजकत्वमा गठित उक्त संगठनको सचिवमा सुदिप पौडेल रहेका छन् ।

मातृभूमिका लागि नेपाली संगठन बिगत वर्ष देखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ ।

नेपालका करिब ३० भन्दा बढी जिल्ला तथा नगर तथा गाउँपालिकासम्म गठनको प्रक्रियामा रहेको संगठनले आइतवार प्रबासस्थित युरोपेली मुलुक अष्ट्रीयामा संगठनको विस्तार गरी उपस्थिति जनाएको हो।

संगठनको उदेश्य नेपालको संविधानमा व्यवस्था भएको धर्म निरपेक्षताको खारेज, किरात, बौद्ध, जैन, शिख, बोन, मैत्रीय र परापुर्बदेखि नेपालमा बसोबास गर्दै मानिरहेको इस्लाम लगायतका धर्म संस्कृतिको संरक्षण हुने गरी वैदिक सनातन हिन्दुराष्ट्र नेपाल बनाइ विश्वमा देशको विशिष्ट पहिचान स्थापित गर्ने, जातिवादी र क्षेत्रीयताबादी गतिविधिलाई सधैका लागि अन्त्य गराउदै मौलिक सस्कृती सहितको समृद्ध नेपाल बनाउने, पछाडी परेको ब्यक्ती या समुदायको बृहत्तर उत्थानका निम्ति सबलिकरणको अवधारणा कार्यान्वयनमा ल्याउने, विभाजित सार्बभौमिकतालाई एकीकृत गरि एकताबद्ध एकात्मक नेपालको निर्माण गर्ने साथै आज सम्म शासन तथा प्रशासनको उच्च तहका जिम्मेवारीमा रहेका हरेक व्यक्तिको सम्पत्ती छानवीन गर्ने जस्ता विषयहरुलाई संगठनले प्रमुख प्राथमिकतामा रहेर सोहि उदेश्य प्राप्तिका लागि अगाडी बढी रहेको छ जनाइएको थियो।

आइतवार दिउँसो डिजिटल प्रविधि जूम मार्फत भएको कार्यक्रममा प्रस्तावित सह संयोजक का रुपमा रहेका मृगेन्द्र बरालले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै मातृभूमिका लागि नेपालीका केन्द्रीय संयोजक देव प्रकाश त्रिपाठी , केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख प्रा दिपक गजुरेल, महिला विभाग प्रमुख मंजिता अनिल, यातायात विभाग प्रमुख सरद अधिकारी , केन्द्रीय सचिवद्वय शुभाष प्रसाद पाण्डे र सनत आचार्य , युवा विभाग प्रमुख रमेश श्रेष्ठ , विदेश स्थित संगठनका संयोजक याम लाल सुबेदी (डेनमार्क) शेखर ढुंगेल (अमेरिका) साथै मातृभूमिका लागि नेपाली संगठनको केन्द्रीय विभिन्न विभागमा रहेर आफ्नो जिम्मेबारी निभाइरहेका साबि घिमिरे, अन्जु सुबेदी , मेनका लामा साथै नवलपुर जिल्लाका संयोजक देबराज पौडेल , रुपन्देही जिल्लाका जिल्ला संयोजक सुशील खनाल , ललितपुर जिल्लाका जिल्ला संयोजक शम्भु मान सिंह लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यमान अवस्थामा वर्तमान राजनीतिज्ञहरुबाट देशले भोग्नुपरेको कठिनाइका बिषयमा चर्चा भएका थिए भने केन्द्रीय संयोजक त्रिपाठीले नवगठित समितिमा रहेका पदाधिकारीहरुको नाम पढेर सुनाएका थिए।

सागर सुबेदीको संयोजकत्वमा गठित कार्यसमितिको सह(संयोजकमा मृगेन्द्र बराल , सचिवमा सुदिप पौडेल, कोषाध्यक्षमा बाशुदेव बस्नेत साथै सदस्यहरुमा श्री प्रसाद श्रेष्ठ,प्रतिक्ष्या सुबेदी (खड्गी), मदन महर्जन, ज्ञानु बर्तौला, मन्जु बिश्वकर्मा राजन कार्की र माया श्रेष्ठ रहेको जनाइएको छ ।

विदेश विभाग प्रमुखबाट नवगठित कार्यसमितिका सदस्यहरुर्लाइ सपथ खुवाइएको थियो भने कार्यक्रमलार्इ नबगठित संगठनका संयोजक सुबेदीले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?