डिशहोम रियालिटि टिभीको ट्यालेन्ट शो ‘कलाको मेला’ आइतवारबाट शुरु

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रस्फुटन गर्ने उद्देश्यले माघ ४ गते आइतवारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ शुरु गरेको छ ।

हरेक हप्ता आइतवार साँझ ७ः३० बजे प्रसारण हुने उक्त ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ ।

कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास लिएको डिशहोमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?