संगीतकार गणेश परियारको निधन

काठमाडौँ । संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ। उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको ७६ वर्षको उमेरमा निधन भएको हो ।

छातीमा खराबी देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका परियारले थुप्रै चर्चित गीतहरुमा संगीत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?