पुटिनका विरोधी नेता नभाल्नी हिरासतमा

मस्को । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको बीबीसीले जनाएको छ

उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा मानिसहरुको भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।

आफूलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू संलग्न रहेको नभाल्नीले दाबी गर्दै आएका छन् । खोजपत्रकारहरूले उनको आरोप सही भएको बताए पनि क्रेमलीनले भने आरोप अस्वीकार गर्दै आएका छन् । नभाल्नीलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?