पत्रकार महासंघको केन्द्रीय साधारणसभा फागुनमा

RSS
0
Shares

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।

देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आज (आइतवार) बसेको शाखाको बैठकले निर्णय गरेको छ । हिजो (शनिवार) पत्रकार महासंघको टोली हेलम्बु पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?