पाकिस्तानमा कोभिशिल्डलाई आपत्कालीन प्रयोगको अनुमति

काठमाडौं । पाकिस्तानले अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिड १९ भ्याक्सिन कोभिशिल्डलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
शनिवार पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले यो स्विकृती दिएको हो ।
साथै सरकारले १० लाख डोजको अनुमति पनि दिएको छ ।
पाकिस्तानमा अहिलेसम्म ५ लाख १९ हजार २९१ जनालाई कोरोना संक्रमण भएको छ भने १० हजार ९५१ जनाको मृत्यु भएको छ ।