काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को लागि आवेदन फाराम खुला गरेको छ ।
काउन्सिलले फागुन ९ र १० गते हुने ५१ औँ चिकित्सक प्रमाणपत्रको परीक्षाका लागि अनलाइन फाराम खुला गरेको हो ।
माघ ५ गतेदेखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते अतिरिक्त शुल्कसहित फारम बुझाउन सकिने काउन्सिलले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
परीक्षा काठमाडौंमा हुने र अनलाइन आवेदन फाराम भर्ने र बुझाउने काम २४ घण्टा नै हुने काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया