राजस्थानमा बसमा सवार ६ व्यक्ति जीवितै जले, ३६ घाइते

काठमाडौं । राजस्थानको जालोरमा शनिवार राती भएको दुर्घटनामा ६ जना जीवितै जलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिवार राती १०ः४५ बजे यो दुर्घटना भएको थियो ।

त्यस्तै दुर्घटनामा ३६ जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

केहिको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु सबै जैन समाजका रहेको बताइएको छ ।उनीहरु नाकोडा तीर्थबाट दर्शन गरेपछि अजमेर र ब्यावर फर्किंदै थिए । मृतकमा ड्राइभर कन्डक्टर र तीन महिला रहेका छन् ।

मृतकमा सोनल, सुरभि चान्द देवी राजेन्द्र र ड्राइभर धर्मचन्द जैन रहेका छन् । कन्डक्टरको पनि निधन भउको बताइएको छ । उनीहरु बाटो बरिाएर ब्यावर जान भनेर हिँड्दा महेशपुरा गाउँ पुगेका थिए ।

उक्त गल्लीमा ११ केबीको लाइन धेरै तल थियो । कण्डक्टर हाइटेन्शन लाइनको उचाइ हेर्न बसमा चढेका थिए र तार हटाउँदै थिए । त्यसैबेला करेन्ट लाग्यो र बसमा करेन्टबाट आगो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?