कोरोना संक्रमित बढेपछि चीनले पाँच दिनमै बनायो १५ सय कोठाको अस्पताल

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनले पाँच दिनमै १५ सय कोठाको अस्पताल बनाएको छ । चीनमा आज (आईतवार) पनि १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चीनमा दिनदिनै कोरोना संक्रमितको संख्या बढीरहेको छ ।

जसका कारण कोरोना शुन्य जस्तै भएको चीनमा फेरि चिन्ता बढेकोे छ । चीनले संक्रमितको संख्या बढ्दै गएपछि बेइजिङको दक्षिणमा १५ सय कोठाको अस्पताल तयार पारेको हो ।

यो अस्पताल पाँच दिनमै बनाएको बताइएको छ ।यो अस्पताल हुबेई प्रान्तको नांगोंगमा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?