फाइजरको कोरोना भ्याक्सिन लगाएका २९ जनाको मृत्यु, ७५ जनाको अवस्था गम्भीर

काठमाडौं । नर्वेमा कोरोना विरुद्धको फाइजर कम्पनीको भ्याक्सिन लगाएका २९ जनाको मृत्यु भएको छ । नर्वेमा डिसेम्बर २९ बाट कोरोनाको टीकाकरण शुरु गरिएको हो ।

नर्वेमा कोरोनाको टीका लगाएपछि अहिलेसम्म २९ जनाको निधन भएको छ । त्यस्तै ७५ जनाको अवस्था गम्भीर रहेको छ । २७ डिसेम्बरपछि अहिलेसम्म त्यहाँ २५ हजार मानिसले कोरोनाको खोप लगाएका छन् ।

उनीहरुको भ्याक्सिन लगाएपछि स्वास्थ्यमा समस्या आएको बताइएको छ ।

२९ जनामा १३ जनाको मृत्यु भ्याक्सिनको कारण नै भएको पुष्टि भएको छ ।अन्यको जाँच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?