अमेरिकाबाट १३ हजार किमीको यात्रा गरेर अष्ट्रेलिया पुगेको परेवाका कारण शुरु भयो विवाद

काठमाडौं । अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको नाममा जो नामक परेवा अष्ट्रेलिया र अमेरिकाको बीचमा विवादको कारण बनेको छ ।

परेवा अमेरिकाको आरेगनबाट १३ हजार किलोमिटरको उडान भरेर २६ डिसेम्बरमा मेलबर्न पुगेको थियो । उसको खुट्टामा जो नामको ब्याण्ड बाँधिएको देखेपछि अधिकारीले बायोसेक्युरिटीको खतरा बताउँदै मार्ने निर्णय गरेका छन् ।

यो परेवाले त्यहाँ रोग फैलाउन सक्ने भन्दै मार्न लागेको बताएको छ ।

त्यसपछि अमेरिकाको ओकलहोमाका रेसिङ यूनियनका म्यानेजर डीयोन रोबर्टसले यो सबे नककली भएको र अमेरिकाको परेवा अष्ट्रेलियाले नसमातेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?