चीनमा आइसक्रिममा पनि भेटियो कोरोना भाइरस

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ ।

उत्तरी चनिमा ठूलो मात्रामा आइसक्रिममा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जसपछि अधिकारीहरुले हजारौँ प्याक संक्रमित आइसक्रिम सीज गरेको छ । यो घटना उत्तरी तियानजिन नगर निगमको हो ।

त्यहाँको ‘Daqiaodao’ फूड कम्पनीले बनाएको आइसक्रिममा कोरोना संक्रमण भेटिएको हो । कम्पनीले न्यूजिल्याण्डबाट मिल्ड पाउडर मगाएको दाबी गरेको छ ।कम्पनीका सबै स्टाफहरुलाई क्वारेन्टाइन गरिएको बताइएको छ ।

यस अगाडि पनि चीनमा अन्य फूडहरुमा कोरोनन भाइरसको संक्रमण फेला परेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?