जिल्ला सहकारी संघ कास्कीमा कोइराला

RSS
0
Shares

कास्की । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकी छिन् । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा रहेका थिए । संघको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् ।

त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित भएका छन् । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन भएका छन् । विषयगत समितितर्फ आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवम् सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?