काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कुल ११७ मेगावाटका चार सौर्य विद्युत् आयोजना (सोलार प्लान्ट) ले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत् विकास विभागको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । कालीखोला सोलार प्लान्ट, मिथिला सोलार प्लान्ट, भवानीपुर सोलार प्लान्ट र लामाडाँडा लालपुर सोलार प्लान्टले बिभागबाट सर्वेक्षणको अनुमतिपत्र पाएका हुन् ।
अनुमतिपत्र पाउनेमध्ये सबैभन्दा ठूलो आयोजना लामाडाँडा लालपुर सोलार प्लान्ट रहेको छ । प्रवर्द्धक कम्पनी पानस इनर्जी प्रालिले सिराहा जिल्लामा १०० मेगावाट क्षमताको प्लान्ट बनाउन लागेको हो । यसका लागि कम्पनीले गत कात्तिक २० गते सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।
गुडलक ग्लोकल पावर इनर्जीले नुवाकोटमा ७ मेगावाटको कालीखोला सोलार प्लान्टको सर्वेक्षण गर्न अनुमति पाएको छ । सोलार स्टार प्रालिले धनुषामा ५ मेगावाटको मिथिल सोलार प्लान्ट र नेपाल पेट्रोलियम टे«ड लिंक्स प्रालिले बारामा ५ मेगावाटको भवानीपुर सोलार प्लान्टको निर्माण गर्ने गरी सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ ।
सर्वेक्षण अनुमतिपत्रको अवधि २ वर्षको हुने विभागको भनाइ छ । प्रवद्र्धक कम्पनीहरूले २ वर्षभित्र आयोजना सर्वेक्षणको प्रतिवेदन बिभागमा पठाउनुपर्ने छ । २ वर्षमा सर्वेक्षण नसकिए अनुमतिपत्र खारेज हुने विभागका महानिर्देशक नवीनराज सिंहले बताए । कोरोना भाइरसको महामारीका कारण सर्वेक्षणका क्रममा रहेका आयोजनाहरूलाई आवश्यक म्याद थप गर्ने तयारी गरेको उनको भनाइ छ ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया