इन्डोनेसिया भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

काठमाडौं – इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

बीबीसीका अनुसार शुक्रवार गएको ६.२ म्याग्नीच्युटको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या ४२ पुगेको हो ।

भूकम्पका कारण कैयन् भवनहरु भत्किएका छन् भने एउटा अस्पतालमा समेत क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २०१८ मा पनि इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको थियो । त्यतिखेर गएको भूकम्पमा परी झण्डै २ हजार जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?