मन्दिरको रक्षा गर्न नसकेको भन्दै पाकिस्तानमा एकैसाथ १२ प्रहरी बर्खास्त

एजेन्सी । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तिय सरकारले एक छानविनपछि १२ प्रहरी अधिकारीहरुलाई बर्खास्त गरेको छ ।

केही दिनअघि एक हिन्दू मन्दिरमा भएको हमलापछि यो छानविन शुरु गरिएको थियो । यी अधिकारीहरुलाई मन्दिरको रक्षा गर्नमा भूमिका खेल्न नसकेको भन्दै कारबाही गरिएको हो ।
मन्दिरमा एक कट्टरपन्थी इस्लामिक पार्टीका सदस्यहरुको नेतृत्वमा एक भीडले हमला गरेको थियो ।

यसक्रममा सरकारले ३३ जना पुलिस अधिकारीहरुलाई एक वर्षका लागि निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?