गुड्दै गरेको ट्रकमा आगलागी भएपछि…

दमौली : तनहुँस्थित व्यास नगरपालिका १२ देउरालीमा हिँड्दाहिँड्दैको ट्रकमा आगलागी भएको छ । पोखरामा सिमेन्ट पुर्‍याएर फर्केको लु २ ख ११९ नम्बरको मालबाहक ट्रक पृथ्वी राजमार्गमा आगलागी भएको हो ।

दुर्घटना बिहान करिब सवा ५ बजे भएको हो । आगलागी शुरु हुनासाथ ट्रक चालक ट्रकबाट हाम फालेर सडकमा उत्रिएका थिए।

आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ भने कुनै प्रकारको मानवीय क्षति भएको छैन ।

स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने खुलेको छ ।

आगलागीका कारण राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?