२०७७, ३ माघ शनिवार ०७:०३

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित नेकपा (माओवादी केन्द्र)’ को घोषणा


प्रकाशित मिति : २०७७, ३ माघ शनिवार ०७:०३

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।

फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।

कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए । उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गति लिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए । उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँ सम्म आएका छौ ।’

कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे ।

पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नितिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विश्वका कुनै पनि स्थानमा जान नपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस