उत्तर कोरियाको नयाँ ब्यालेस्टिक मिसाइल, समून्द्रभित्रैबाट मार हान्न सक्ने

काठमाडौँ– उत्तर कोरियाले बिहीवार राति नयाँ ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्रभित्रैबाट मार हान्न सक्ने बताइएको छ ।

सर्वोच्च नेता किम उन जोङ उपस्थित भव्य समारोहमा सैनिकहरुले परेडसहित हतियार प्रदर्शन गरेका हु्न् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले परेडका क्रममा विश्वकै शक्तिशाली हतियारहरु प्रदर्शन गरिएको दाबी गरेको छ ।

प्योङयाङमा यसै साता आयोजित भेलाका क्रममा आर्थिक विकास गर्नका लागि अघि सारिएका योजनाहरु पूरा गर्न अस्विकार भएको स्विकारोक्ती सर्वोच्च नेता किम उन जोङले गरेका थिए । यद्यपी, उनले देशको सैन्य क्षमता भने बढाउने वाचा गरेका थिए ।

केसिएनएले सार्वजनिक गरेका तस्विरहरुमा एसएलबिएमलाई पुकगुकसोङ–५ लेबल गरिएको देखिएको थियो, गत अक्टूबरमा सार्वजनिक गरिएको पुकगुकसोङ–४ लाई रुपमा अपग्रेड गरिएजस्तो यसले देखायो । ‘नयाँ मिसाइल लामो देखिन्छ’ अमेरिकाको क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफिरेशन स्टडिज (सीएनएस) का अनुसन्धानकर्ता माइकल डुइट्सम्यानले ट्वीटमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?