महाकुलुङ गाउँपालिकामा रक क्लाइम्बिङ सेन्टर बन्दै

RSS
0
Shares

सोलुखुम्बु । विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको छ । वडा नं १ को रोयोलुङमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा नेपाल पर्वतारोहण पदप्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त तीन लाख ६० हजारको सामग्री र गाउँपालिकाको पाँच लाखको लागतमा उक्त सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित क्लाइमिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किराँतीको भनाइ छ । अब क्लाइमिङ तालीमका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उनको विश्वास छ । यही माघ ३ गते एक कार्यक्रमबीच उद्घाटन गरी सञ्चालन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनैं हिमाल भएको जिल्लामा रक क्लाइमिङ सेन्टर स्थापना गरिएको यो पहिलो हो । यसअघि सोलुखुम्बुका स्थानीयवासीले काठमाडौं लगायतका क्षेत्रमा गएर तालीम लिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?