काठमाडौं । नेपाल सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई सरकारले आज (शुक्रवार) अनुमति दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि २०७७ माघ २ को विभागीय निर्णयानुसार उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया