काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुमाथि आज पनि सुनुवाइ शुरु भएको छ ।
आज पनि गत बिहीवार जस्तै संवैधानिक इजलासमा गर्ने कि पूर्ण बृहत इजलासबाट सुनुवाइ गर्ने भन्ने विषयमा बहस भइरहेको छ ।
अहिले सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरिरहेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेसँगै त्यसको विपक्षमा सर्वोच्चमा दर्जन बढी रिटहरु परेका छन् ।
ती मुद्दाहरु बृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए ।
तर गत बुधवारको सुनुवाइमा छलफल नसकिएको भन्दै आज बहस गर्ने गरी हेर्दाहेर्दैमा राखिएको थियो ।
साथै आज पनि त्यसै विषयमा बहस गरिने बताइएको छ ।
शुरुमा ती रिटहरु एकल इजलासमा प्रारम्भिक सुनुवाइ गरी संवैधानिक इजलासमा पठाइएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वले हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको इजलास बनाएका थिए । साथै गत बुधवार सपना प्रधान मल्ललाई संवैधानीक इजलासमा राखिएको थियो । त्यसअघि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया