सङ्ग्रहालय बन्दै राणाकालीन हात्तीसार : बेलायती रानी र हात्तीको प्रतिमा निर्माण हुँदै

हेटौंडा । मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीमा रहेको ऐतिहासिक हात्तीसार घरलाई पर्यटकीय महŒवको हात्तीसार सङ्ग्रहालयमा रूपान्तरण गर्न तीव्रता दिइएको छ । भीमफेदी गाउँपालिका–६ मा बेवारिसे रहेको राणाकालीन हात्तीसार घरलाई बागमती प्रदेश सरकारको अगुवाइ र लगानीमा संरक्षण गर्न थालिएको हो ।

डिभिजन वन कार्यालय मकवानपुरमार्फत गत आर्थिक वर्ष २०७६/७७ बाट प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणले हात्तीसार सङ्ग्रहालयलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हात्तीसारको जग्गाको रेखाङ्कन, अतिक्रमण भएको जग्गा खाली गराउने र हात्तीसारमा रहेका सामग्रीको संरक्षण सुरु गरिएको थियो ।

हात्तीसारमा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले प्रयोग गरेका हात्तीका हौदा, राणाकालीन हात्तीका हौदा, बेलायती महारानी एलिजाबेथले प्रयोग गरेको हौदालगायत सिकार खेल्न प्रयोग गरिने सामग्री छन् ।

डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले गत आवमा हात्तीसार परिसरमा बगैँचा निर्माणलगायतका काम चार लाख रुपियाँको लागतमा र हात्तीसारको मूल गेटदेखि सङ्ग्रहालय प्रवेशद्वारसम्म १७ लाख रुपियाँको लागतमा ढुङ्गा बिच्छ्याउने काम सम्पन्न गरी पर्यटकीयस्थलका लागि न्यूनतम पूर्वाधार निर्माण र पैदल मार्ग निर्माण गरिएको जानकारी दिए । उनका अनुसार ३३ रोपनी क्षेत्रफलमा रहेको हात्तीसारको संरक्षणका लागि प्रदेश सरकारको १६ लाख रुपियाँको लागतमा पर्खाल निर्माण र चार लाख रुपियाँको लागतमा सङ्ग्रहालयको सरसफाइसँगै हौदालगायतका सामानको ट्यागिङ गरी संरक्षण गर्ने कार्य सम्पन्न भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?