भद्रकालीमा बस दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौं । आज बिहीवार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि बस दुर्घटना भएको छ। पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिँदा तीन जना घाइते भएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

घाइते हुनेहरूमा बसका चालक, सहचालक र एक यात्रु रहेका छन् । दुर्घटनामा कुनै मानवीय क्षती नभए पनि बसका चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचल्ने अवस्थामा पुगेको जनाइएको छ । बसका सहचालक र यात्रु भने सामान्य अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?