काठमाडौं । अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।
घुँडाको दुखाइ कम गर्न प्रयोगमा ल्याइएका टोसिलिजुमाब र सारिलुमाब नामका औषधि कोभिड–१९ का बिरामीको उपचारमा पनि सहयोगी देखिएका छन् । यी औषधिको प्रयोगले कोरोना मृत्युलाई एक चौथाइले घटाएको परीक्षणले देखाएको छ । परीक्षणमा सहभागी सघन उपचार कक्षमा लग्नुपर्ने अवस्थाका आठ सय बिरामीमध्ये अधिकांश बेलायतका थिए । विश्वका ६ देशमा यो औषधि परीक्षण गरिएको थियो । कुल सहभागीमध्ये आधालाई अन्य उपचार विधिसहित यी दुई औषधिमध्ये एक दिइएको थियो भने आधालाई डेक्सामेथासोनसहित अन्य स्टानडर्ड उपचार विधि मात्र प्रयोग गरिएको थियो ।
डेक्सामेथासोनसहित स्टानडर्ड विधि मात्र प्रयोग गरिएका बिरामीमध्ये ३६ प्रतिशत तथा टोसिलिजुमाब र सारिलुमाब प्रयोग गरिएका बिरामीमध्ये २७ प्रतिशतको मृत्यु भयो । अर्काे शब्दमा भन्ने हो भने यी नयाँ औषधिले एक चौथाइ मृत्युदर घटाएको परीक्षणले देखायो ।
यसैगरी टोसिलिजुमाब र सारिलुमाब लिएका बिरामी अस्पतालबाट ७ देखि १० दिन छिटो डिस्चार्ज भए । यो सुखद समाचार बनेको छ । यी दुवै औषधिले समान हिसाबले काम गरेको भए पनि टोसिलिजुमाब सर्वसुलभ भएकाले यसको प्रयोग बढी भएको थियो । कोभिड–१९ उपचारमा दुखाइ कम गर्ने (एन्टी इन्फ्लेमेटरी) औषधिका रुपमा डेक्सामेथासोनको प्रयोग हुँदै आएको छ । आजको नागरिक दैनिकमा यो समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया