धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उनका नाममा पत्रकारका लागि गत वर्ष घोषित पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।
उनका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने छ । आमा सुशीलासँगै बस्दै आएमी सिंहको २०६५ सालमा आजकै दिन राति करीब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया