इतिहासमा आज : लाल बहादुर शास्त्रीको निधन, पेरुको तुफानमा २ हजार मानिसले ज्यान गुमाए

काठमाडौं । भारतका दोश्रो प्धानमन्त्री लाल बहादुर शास्त्रीको आजकै दिन १९६६ मा उज्वेकिस्तानको ताशकन्दमा निधन भएको थियो । प्रधानमन्त्री जवाहर लाल नेहरुको ९ जून १९६४ मा निधन भएपछि उनी प्रधानमन्त्री बनेका थिए ।

उनले जय जवान, जय किसानको नारा दिएका थिए । उनी करिव १८ महिनासम्म प्रधानमन्त्री बनेका थिए । उनकै नेतृत्वमा भारतले १९६५ कोे पाकिस्तानसँगको युद्ध जितेको थियो ।

त्यसपछि पाकिस्तानका राष्ट्रपति अयूब खानले युद्ध समाप्त गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । शास्त्री हस्ताक्षर गर्न ताशकन्द गएका थिए, त्यहि समयमा उनको निधन भएको थियो ।

उनको मृत्यु रहस्य आज पनि रहस्यमै सिमित छ । उनी मृत्यु भन्दा आधा घण्टा पहिलेसम्म ठीक भएको बताइन्छ । उनकी श्रीमती ललिता शास्त्री बिष पिलाएर हत्या गरेको बताएकी थिइन् ।

उनको शरीरमा नीलो डाम थियो । उनको एक वचनमा भारतबासीले एक छाक खान समेत छोडेका थिए ।

१९६५ मा पाकिस्तानसँग युद्ध भएका बेला अमेरिकी राष्ट्रपति लिण्डन जोनसनले उनलाई पाकिस्तानसँग युद्ध गर्न नछोडे गहुँ नपठाउने धम्की दिएका थिए । तर शास्त्रीले जनतालाई एक छाक नखाएर बस्न भन्दे उनको धम्कीलाई चुनौति दिएका थिए । उनको यो आदेश जनताले स्वीकारेका थिए ।

त्यस्तै आजकै दिन १९६२ मा पेरुमा आएको तुफानमा परेर २ हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो । त्यो बेला पेरुको सबैभन्दा ठूलो चट्टान फुटेको थियो । त्यो बेला आठ वटा शहर डुबेका थिए ।

त्यसपछि १९७० मा पनि पेरुमै तुफान आउँदा करिव २० हजार मानिसको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?