काठमाडौं । इण्डोनेशियाका अधिकारीहरुले बोइङ ७३७ विमान समुन्द्रमा दुर्घटना भएपछि अहिले उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् । खाजी गर्ने क्रममा समुन्द्रबाट मानिसका अवशेष र प्ललेनका टुक्रा फेला परेको बताइएको छ ।

रोयटर्सका अनुसार दुर्घटना ग्रस्त भएको विमानको ब्ल्याक बक्सबाट केहि सिग्नल पनि पाइएको छ ।शनिवार जकार्ताबाट उडान भरेको ४ मिनेटमै विमान दुर्घटना भएको थियो । विमानमा ६२ जना सवार रहेका थिए ।

इण्डोनेशियाको सर्च रेस्क्यू एजेन्सीका प्रमुख बगुसले दुई स्थानबाट सिग्नल पाइएको बताएका छन् ।

समुन्द्रमा मानिसका अवशेष, टायरका टुक्रा र विमानका विभिन्न भाग भेटिएको छ ।

मानिसको अवशेष पहिचानका लागि अस्पताल लगिएको छ । विमानमा १२ क्रु मेम्बर्ससँगै ५० यात्री सवार थिए ।

जसमा ७ बच्चा र तीन नवजात सामेल थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया