इतिहासमा आज : चर्चित कार्टुन क्यारेक्टर टिनटिनको १०१ औँ जन्मजयन्ती

काठमाडौं । चर्चित कार्टुन क्यारेक्टर टिनटिनको आज १०१ औँ जन्म जयन्ती हो ।

उनी सबैभन्दा पहिला बेल्जियमको पत्रिकामा देखिएका थिए । र उनको कार्टुन सीरीजको नाम थियो द एडभेन्चर अफ टिनटिन । यसको अनुवाद १०० भन्दा धेरै भाषामा भएको छ ।

उनको क्यारेक्टर बेल्जियमका कार्टुनिस्ट जर्जिस रेमीले बनाएका थिए । जर्जिसलाई हर्जे नामबाट पनि जान्ने गरिन्छ । उनीमाथि केहि फिल्महरु समेत बनेका छन् । यी मध्ये ५ फिल्म त जर्जिस जीवित हुँदै रीलीज भएका थिए ।

उनको निधन १९८३ मा भएको थियो । उनको अन्तिम ईच्छा आफ्नो मृत्युपछि कोही दोश्रो आर्टिस्टले टिनटिनमा कमिक्स नबनाउनु भन्ने थियो । टिनटिनमा २४ कमिक्स छापिएको छ ।

अन्तिम कमिक्स १९८६ मा आएको थियो । त्यस्तै १८६३ मा आजकै दिन लण्डनमा संसारकै पुरानो अण्डरग्राउण्ड मेट्रो चलेको थियो । १८५३ मा यस कामको जिम्मेवारी चीफ इन्जिनियर्स सर जोन फलरलाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?