काठमाडौं । मार्च १९७७ मा भारतमा देशबाट आपत्काल हटाइएको थियो । त्यो बेला जनता इन्दिरा गान्धी र कांग्रेस पार्टीसँग रुष्ट थिए । १९७७ मा चुनाव हुँदा कांग्रेस पार्टी नराम्ररी पराजित भयो ।
स्वतन्त्र भएपछि लोकसभामा कांग्रेसले १५४ सीट पाएको थियो । १९८० मा जब लोकसभा चुनाव भयो, तब इन्दिरा गान्धी जबर्जस्ती सत्तामा फर्किइन् । १९८० मा आजकै दिन केन्द्रमा फेरि इन्दिरा गान्धी सत्तामा फर्किएकी थिइन् ।
कांग्रेसले त्यो चुनावमा ३५४ सीट जितेको थियो । इन्दिरासँग रिसाएका जनताले चुनेको जनता पार्टीकै कारण इन्दिरा गान्धी सत्तामा आउन सफल भएकी थिइन् । चुनावको प्रचार ६३ दिनसम्म चलेको थियो ।
त्यो बेला ६२ वर्षकी इन्दिरा गान्धीले एक दिनमा २०२० पटक भाषण दिएकी थिइन् । उनले त्यो बेला ४० हजार किलोमिटरको यात्रा समेत गरिन् । ११ अगस्ट १९७७ मा इन्दिरा गान्धी प्रधानमन्त्री थिइनन् ।

त्यो बेला जनता पार्टीको सरकार थियो । त्यसमा केहि महिना पहिले २७ मे १९७७ मा पटनाको बलछी गाउँमा आठ दलित र तीन सुनारको हत्या भयो । त्यो बेला इन्दिरा त्यहाँ पुगिन् ।
उनको जीप दलदलमा फस्यो । उनले भनिन्, हामी पैदल जानेछौँ, त्यहि बेला उनको लागि हात्ती मगाइयो । उनी हात्तीमा चढेर बलछी गाउँमा पुगिन् ।
उनको त्यो तस्वीर सारा भारतमा छायो । यहि कारण नै १९८० मा इन्दिरा गान्धी सत्तामा फेरि फर्किइन् ।
त्यस्तै आजकै दिन अमेरिकामा १७८९ मा पहिलो पटक चुनाव भएको थियो । यो चुनावमा भोट हाल्ने अधिकार धेरै सम्पत्ती भएकालाई मिलेको थियो । पहिलो चुनाव जर्ज वाशिंगटनले जिते । र उनले ३० अप्रिल १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपतिको शपथ लिए ।
अमेरिकामा आज पनि त्यहि इलेक्टोरल कलेजका अनुसार चुनाव हुन्छ, जसरी १७८९ मा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया