डोल्पामा पुसमै स्याउ फल्यो

डोल्पा ।  डोल्पामा पहिलो पटक पुसमा स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पुसमा स्याउ फलेको हो । जिल्लाको जुफाललगायतका विभिन्न गाउँमा पुसमा स्याउ फलेपछि कृषक नै चकित छन्।

बागावाणि विकास केन्द्र जुफालमा समेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि हुँदा त्यसको असर फलफूलमा पर्दा पुसमा स्याउफलेको कृषि प्राविधिक डिल्ली बोहोराले जानकारी दिए ।

बोहोराले भने, ‘नेपालमा सरदर औसत तापक्रम ०.०६ डिग्री सेल्सियसले बढी रहेको र तराईमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पुसमा फलेको हुनसक्छ ।’ चैत, वैशाखमा फूल फुलेर साउनबाट पाक्ने स्याउ यस वर्ष पुसमा फलेको हो ।

कृषकले भने पुसमा स्याउ फल्दा चिन्ता व्यक्त गरेका छन् । ‘स्याउ फार्मतर्फ आकर्षण बढ्दै गर्दा पुसमा स्याउ फलेपछि ठूलो संकट आएको हो कि भन्ने चिन्ता बढेको छ’, कृषक अर्जुन बुढाले भने । डोल्पामा हाल सय भन्दा धेरै स्याउ फार्म रहेका छन् । हरेक फार्ममा १० कजेजीसम्म स्याउ फलेको कृषकले बताएका छन् ।आजको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?