इतिहासमा आज : भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका हत्यारालाई फाँसी दिइयो

काठमाडौं । ३१ अक्टोबर १९८४, बिहान ९ बजेर १० मिनेटको समय । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्किँदै थिइन् । उनी अधिकारीसँग चर्चा गरिरहेकी थिइन् ।

त्यहि बेला अचानक त्यहाँ तैनाथ सेक्युरेटी गार्ड बेअन्त सिंहले आफूसँग रहेको बन्दुक निकालेर इन्दिरा गान्धीमाथि गोली चलाएका थिए । गोली उनको पेटमा लाग्यो । त्यसपछि बेअन्तले दुई पटक फेरि फायर गरेका थिए ।

बेअन्तको ५ फीट दूरी टाढा थिए सतवन्त सिंह । त्यहि बेला कराएर भने गोली चलाउ । त्यहि बेला सतवन्तले आफ्नो अटोमेटिक कार्बाइनको सबै २५ गोली इन्दिरा गान्धी माथि चलाए । इन्दिरा गान्धीको भने गोली लागेको ४ घण्टापछि मृत घोषित गरिएको थियो ।

इन्दिराको शरीर क्षतविक्षत भयो । करिव ५ वर्षसम्म अदालतमा यो केस चलिरह्यो ।

बेअन्त सिंहलाई भने सुरक्षाकर्मीले त्यहि बेला गोली हानेर मारेका थिए । त्यसपछि हत्यारा सतवन्त सिंह र केहर सिंहलाई ६ जनवरी १९८९ मा तिहाड जेलमा आजकै दिन फाँसी दिइएको थियो ।

त्यस्तै आजकै दिन १८३८ मा अमेरिका स्यामुअल मोर्सले संसारलाई पहिलो पटक टेलीग्राफ टेक्निक पेश गरेको थियो ।

मोर्स-की की चाबी को जब दबाकर तुरंत छोड़ दिया जाता, तो डॉट बन जाता था। दो बार डॉट बनाने से डैश बन जाता था।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?