दाहाल–नेपालले काम गर्नै नदिएको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन हुने बताए ।

ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि पार्टीमा दाहाल र नेपाललाई दिएको बहुमतको दुरुपयोग भएको बताए । पार्टीभित्र दाहाल र नेपाल समूहसँग बहुमत छ भन्ने कुरा आफूलाई राम्रोसँग जानकारी भएको जिकिर गर्दै ओलीले भने, ‘त्यो संख्या एकता र यो देश बनाउनका लागि दिइएको थियो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?