२०७७, १३ पुष सोमवार ०६:५५

१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च, बजेटको लक्ष्य भेट्न मुस्किल


प्रकाशित मिति : २०७७, १३ पुष सोमवार ०६:५५

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को बितेका साढे पाँच महिना ९११ पुससम्म०मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

चालु आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये ११ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब साढे ६ महिनाभित्र ८८ दशमलव ८८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ ।

हाल मुलुकमा देखिएको प्रतिनिधिसभा विघटनलगायत राजनीतिक अस्थिरताका कारण आगामी दिनमा पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आगामी वैशाखमा घोषित निर्वाचनका कारण मुलुकको विकास निर्माणका काममा अवरोध पुग्ने भएकाले पनि लक्ष्यअनुरूप पुँजीगत खर्च गर्न मुस्किल पर्ने बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार चालु आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिए पनि खर्च आकारका हिसाबले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ९ दशमलव शून्य ८ प्रतिशत अर्थात् ३७ अर्ब ५ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । गत आवका लागि कम पुँजीगत खर्च वितरण गरेकाले प्रतिशतमा बढी देखिएको हो । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस