काठमाडौँ– चीनले सिन्धुपाल्चोकको तातोपानी नाकामा अघोषित नाकाबन्दी गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नाकाबन्दीका कारण स्थानीयबासी तथा व्यवसायीहरुलाई समस्या परेपछि बाध्य भएर प्रदर्शनमा गर्नु परेको उनीहरूले बताएका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो नभएको बताए । उनले भने, ‘चीनले नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ।’ चीनको यो प्रवृतिले स्थानीयको दैनिक जीवनयापनमै धक्का लागेको उनले बताए ।]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया