लिच्छविकालीन पहिलो चट्टान अभिलेख भेटियो

काठमाडौं । नेपालमा पहिलो पटक लिच्छविकालीन चट्टान अभिलेखहरु भेटिएका छन् । काठमाडौंको भित्री शहरदेखि करीव १२ किमी पश्चिम, नागार्जुन नगरपालिका फस्कु लुपाड्ड स्थित सातकन्या माई तथा पञ्चकन्या मन्दिरको परिसरमा प्राचीन इतिहास प्रकाश पार्ने लिच्छवि लिपी अंकित चट्टान अभिलेखहरु र प्राग् इतिहास प्रकाश पार्ने मानव निर्मित चट्टान चित्रहरु समेत भेटिएका लिपी लिपीविद श्यामसुन्दर राजबंशीले बताए ।

केही वर्ष अघि भक्तपुर ताथलीमा मध्यकालीन लिपी अंकित चट्टान अभिलेख भेटिएको र त्यसले निक्कै चर्चा पाएको थियो । अहिले काठमाडौंमै प्राचीन लिच्छविकालको लिपी अंकित चट्टान अभिलेखहरु भेटिएको जानकारी प्राप्त भएको यो प्रथम पटक हो ।

राष्ट्रिय अभिलेखालयको अभिलेख संकलन कार्यक्रम अन्तर्गत पुरातत्वविद् प्रकाश दर्नालको नेतृत्वमा लिपिविद् श्यामसुन्दर राजवंशी तथा अन्वेषक कुलनाथ केसीको अध्ययन टोलीले स्थानीय भीमवरसिंह थापा, सुरेन्द्रवरसिंह थापा एवं गोकुल बुढाथोकीको सहयोगमा ती अभिलेखहरु भेटिएका हुन् । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?