एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको छ । कोरोना (सार्स–कोभ–२) को यो भाइरस यसअघि दक्षिण अफ्रिका र बेलायतमा भेटिएको नयाँ भाइरस भन्दा फरक रहेको अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)ले जनाएको छ ।
‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सीडीसीका प्रमुख जोन एनकेंगगासोङलाई उदृत गर्दै अलजजिराले समाचार लेखेको छ ।
दक्षिण अफ्रिका र बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि यी दुई देशमा विश्वका धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेका छन् । नाइजेरियामा समेत झनै नयाँ प्रकारको भाइरस देखिएपछि कोरोना नियन्त्रणमा थप चुनौती देखिएको छ ।
भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको जनाइएको छ । हाल उक्त भाइरसलाई पी६८१एच नाम दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया