त्रिविले यसवर्ष हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ । विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो ।

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन र परीक्षाहरूसमेत निर्धारित समयमा सम्पन्न गर्न सहज होस् भनेर बिदा कटौती गरिएको उनले जानकारी दिए ।

विश्वविद्यालयले हिउँदे र बर्खे गरी ४५ दिन बिदा दिने गरेको थियो । त्यसमध्ये २२ दिन बर्खे बिदा र २३ दिन हिउँदे बिदा दिने गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?