अबको तीन दिन मौसम सफा रहने

काठमाडौं । अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ । पश्चिमी वायुको प्रभावले अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भए पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रवार प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै पर्सि शनिवार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?