काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको प्रजाति भेटिएसंँगै नेपाल नागरिक उड्डययन प्राधिकरणले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।प्राधिकरणले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न भनेको छ ।
बेलायतमा कोरोना संक्रमणको नयाँ भाइरस पुष्टि भएको समाचार आएसँगै प्राधिकरणले बेलायतबाट कुनै पनि एयरलाइन्सले सीधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णय आज बुधबार राति १२ बजेबाट लागू हुने जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया