अमेरिकी प्रेसिडेन्ट इलेक्ट बाइडेनले लगाए कोरोना भ्याक्सिनको पहिलो डोज

काठमाडौं । अमेरिकामा बढ्दो संक्रमण र भ्याक्सिनेशनलाई लिएर आएका विभिन्न आशंकाको बीच अमेरिकी प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले पब्लीकली फाइजरको कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका छन् ।

उनले भ्याक्सिन लगाएपछि नडराइ बस्न र यो भ्याक्सिन बिल्कुलै सेफ रहेको बताएका छन् । बाइडेनले भ्याक्सिनेशन गराएको केहि घण्टा पहिले नै उनकी श्रीमती जिलले पनि भ्याक्सिनेशन गराएकी थिइन् ।

उनीहरु दुबैले यो भ्याक्सिन नेवार्क डेलावेयरको क्रिस्टिना हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगाएका थिए । उक्त समयमा टिभी क्यामेरा पनि रहेका थिए । बाइडेनले सोमवार भ्याक्सिन लगाएका हुन् ।

अबको केहि दिन पछि उनलाई दोश्रो डोज दिइनेछ । त्यसको तारिख उनको ेमडिकल टीमले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?