नेकपा विवादले प्रदेश सरकार पनि धरापमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असरप्रदेशको सत्ता राजनीतिसम्म परेको छ। प्रदेशप्रदेशमा शक्ति समीकरण फेदरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ। यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकारधरापमा पर्ने सम्भावना देखिएको छ। प्रदेश २ बाहेक बाँकी ६ वटा प्रदेशमा नेकपाको सरकार छ।

प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरू भएको छ। नेकपा फुटे प्रदेशसभामा कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरूले गर्न थालेका छन्। प्रतिनिधिसभा विघटनले प्रदेशसभामा कुनै असरनपर्ने भए पनि पार्टी फुटेको अवस्थामा भने स्वतः असरपर्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमारराजभण्डारीले बताए।

केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ। नेकपा प्रदेशसभा संसदीय दलका नेता सत्यनारायण मण्डलले भने, ‘अहिले धेरै माननीयज्यूले आफ्नो पोजिसन क्लियरगरिसक्नु भएको छैन। तर, अघोषित विभाजन त तलसम्मै देखिन्छ, यो लुकाउने कुरै भएन। नेकपा एकीकृत भैसकेपछि प्रदेशसभामा हामी दोस्रो ठूलो दल बनेका छौं,’ उनले भने । नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?