भरतपुर । कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु गर्ने भएको हो । सङ्घले पुस १० देखि देशका विभिन्न सहर पुगेर प्रवर्द्धन कार्यक्रम गर्ने तय गरेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
“‘घुमौँ सौराहा’ अभियान सफल बनाउन पहिलो चरणमा वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सौराहाको प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेका छौँ”, महासचिव थपलियाले भने, “सौराहाको महत्व र पर्यटनका क्षेत्रमा भइरहेका कामबारे उद्यमी, व्यवसायी र स्थानीय तहका पदाधिकारीलाई जानकारी गराइनेछ । ”
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाले थलो परेको चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीसहितको टोली अभियानमा निस्कँदै छ ।
सौराहाका व्यवसायीले सेवा र होटलको स्तर हेरेर घुमौँ सौराहा अभियानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया