काठमाडौं । अर्को महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस छोड्दैछन् ।
उनी राष्ट्रपतिबाट अमेरिकाको आम नागरिक बन्नेछन् । उनले अब के गर्नेछन् भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । मुलरुपमा बिजनेसम्यान ट्रम्पसँग पैसाको कमी पहिला थिएन ।
उनीसँग अहिले चुनाव फण्डको रुपमा आएको १८२५ करोड रुपैयाँ रहेको छ । यसमा ४०० करोड रुपैयाँ नयाँ पोलिटिकन एक्शन कमिटिमा जानेछ । र पनि उनीसँग खर्च गर्नको लागि धेरै पैसा बाँकी रहनेछ ।
ट्रम्प निकट श्रोतका अनुसार ह्वाइट हाउस नछोडुन्जेल उनी फण्डमा कन्ट्रोल गर्नेछन् । त्यसपछि उनी आफ्नो पैसाको प्रयोग विद्रोही गुटलाई उक्साउन खर्च गर्नेछन् ।
साथै आफ्ना कार्यकर्तालाई यात्राको रुपमा पनि खर्च गर्न सक्नेछन् । ट्रम्पले हालै उनकी बुहारी तथा क्याम्पेन एडभाइजर लारा ट्रम्पको कम्पनीलाई करोडौँ रुपैयाँ दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया