लमजुङ । सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।
बुधवार ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्न पुगेको थियो । अनुसन्धानको क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवति छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको छ ।
उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया