रूखबाट लडेर एकको मृत्यु

झापा । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु रहेका छन् ।

प्रहरीका अनुसार आज (सोमवार) बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका थिए । बेहोस

लिम्बुको बि।एण्ड।सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?