प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ(४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भोक्राहा नरसिङ(३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका(२ का ३७ बर्षीय सुरज राम रहेका छन ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका दुवैजनालाई आज बिहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याब्लेट लागुऔषध फेला परी बरामद गरेको हो ।

पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?